कैलाली कञ्चनपुरबाट २ लाख बढीको अबैध सामान बरामद

छिनोफानो   बिहिबार ०३, साउन २०८१ १०:३१

धनगढी । कैलाली कञ्चनपुरका छुट्टाछुटै स्थानबाट प्रहरीले २ लाख बढीको अवैध सामान बरामद गरेको छ । 

बुधबार प्रहरीले कैलालीबाट ४६ हजार ३८० र कञ्चनपुरबाट १ लाख ७४ हजार ९६८ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । धनगढी उपमहानगरपालिका – ७ सरस्वती स्कुल नजिक, भजनी नगरपालिका –३ कुसुमघाट र जानकी गाउँपालिका – ७ गोलौरीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका प्याज, चिनी, सुर्ती, बिडी, कुरकुरे, लिचिका बोट, कागतीका बोट, अंगुरका बोट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिका – ११ बिद्युत कार्यालय नजिक, दोधारा चाँदनी नगरपािलका – ६ हेल्थपोष्ट नजिक, पुनर्वास नगरपालिका – ११ डोकेबजार र बेलौरी नगरपालिका – १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चिनी, खाने तेल, दाल, सुर्ती, कस्मेटिक सामान, हार्डवेयरका सामान, कुर्ती, धोती, कुर्ता सुरवाल, युरिया मल, पोटास, बोईलर कुखुरा लगायतका सामानहरु बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु