डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

छिनोफानो   शुक्रबार ०४, साउन २०८१ ०४:२४

धनगढी ।   डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पर्शुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिमबहादुर कठायत बिहीबार पक्राउ परेका हुन् ।

उनले किशोरीलाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु