सेती नदीमा रहेको मोटरेबल पुल जोखिममा

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ १०:३९

कैलाली । लगातार परेको पानीका कारण सेती नदीमा रहेको  मोटरेबल पुल जोखिममा परेको छ  । लगातार सेती नदीमा पानीको बहाव उच्च हुदै गए पछि पुल जोखिममा परेको हो । अहिले सेतीनदिमा ८।४ क्युसेक पानी पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’भन्दा माथि हो ।

डोटीको गोपघाट र दिपायलस्थित समूहगाढमा रहेको बाढी मापन केन्द्रका अनुसार ३।५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । सेती नदीमा आएको बाढीले डोटीमा रहेको मोटरेबल पुल छुन थालेको छ ।

नदी आसपासका बस्तीमा खतरा बढेको छ । जिल्ला प्रशासन कार्यलय डोटीले भने नदि छेउमा रहेका बस्तीका नागरिकहरु लाई सर्तक रहन आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु