अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ

छिनोफानो   आइतबार ०६, साउन २०८१ ०२:०७

धनगढि ।  कैलालीको अत्तरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन ।

शनिबार राती गोदावरी नगरपालिका – १ बिजयनगरबाट लागूऔषध चरेश सहित ५० वर्षीय राम बहादुर रोकाया पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रोकायाले सञ्चालन गरेको होटलबाट लागूऔषध बरामद गरेको थियो ।

उक्त होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागूऔषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु