बाढी र पहिरोमा फसेकाहरूको हेलिकप्टरबाट उद्धार गरिँदै

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ १०:४६

अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ।बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारी समेत गरेको छ।

नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ।गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।

भारी वर्षाले डोटी, डडेलधुरा र कञ्चनपुर बढी प्रभावित छन्।महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एकरएक जनाको मृत्यु भएको छ भने डडेलधुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबरसमेत आएका छन्।

गृहमन्त्री खाणले आज सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिएका छन्।

पश्चिम टुडेबाट साभार 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु