धनगढीमा अस्पतालको नाममा चर्च निमार्ण, स्थानियको बिरोध पछि सिडियो द्धारा अनुगमन

पवन भण्डारी   मङ्गलबार ०८, साउन २०८१ ०५:३६

धनगढी : धनगढी उप–महानगरपालिका–७ मा अस्पतालको नाममा सञ्चालनमा ल्याइएको चर्चको अनुगमन गरिएको छ  । प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका अधिकारीले चर्चको अनुगमन गरेका हुन ।

कैलालीको धनगढीमा छालाको अस्पताल खोल्ने भन्दै निर्माण गरिएको भवनमा चर्च स्थापना गरिएको भन्दै स्थानीयको विरोध गरेपछि मंगलबार अनुगमन गरिएको हो । स्थानीयबासीले  इसाई मिसनरीले  आफुहरुलाई झुक्याएर चर्च खडा गरेको भन्दै विरोध गरेपछि सोे विषय बाहिर आएको हो ।

 व्यावसायिक प्रयोजन देखाएर भवन निर्माण गरी धर्म परिवर्तन गर्न चर्च चलाउने काम भएको भन्दै स्थानीयले चर्च बन्द हुनुपर्ने माग गर्दै बिरोध गदै  आएका छन । अनुगमनका क्रममा चर्च भित्र बिभिन्न मासु जन्य पर्दाथ ,धर्म समन्धी किताबहरु भेटीएका छन । चर्च सञ्चालन गरेको भन्दै स्थानीयबासीले बिगत केहि दिन देखि बिरोध गर्दै आएका थिए । 

स्थानीयको बिरोध तथा गुनाँसो पछि मङ्गलवार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख पदम बहादुर विष्ट, सशस्त्र प्रहरी र अनुसन्धानका अधिकारी समेतले चर्च भवनको अनुगमन गरेका थिए । अनुगमनका क्रममा सो चर्चमा बिभिन्न मासुजन्य पदार्थ,धर्म समन्धी किताबहरु,तथा भजन कृतनका लागी प्रयोग गरिने बिभिन्न सामानहरु भेटीएका थिए । साथै सो भवनमा रहेको मासुजन्य पर्दाथ परिक्षणका लागी ल्याबमा समेत पठाईसकेको छ । 

लेट मेइन प्रालि धनगढी  र नेपाल लाइफ वर्ड मिसनले भवनमा धनगढी मण्डली नामक चर्च चलाएका हुन । विभिन्न प्रलोभन देखाएर आस्था परिवर्तन गर्ने काम गरेको देखिए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । साथै उनले छानविन नहुँदासम्म चर्चमा कुनै पनि गतिविधि नगर्न निर्देशन दिएका छन । 

विभिन्न प्रलोभन देखाएर आस्था परिवर्तन गर्न लगाएको भन्दै स्थानीयले प्रहरीमा जाहेरी दिए पछि प्रहरीले सो चर्चमा काम गर्ने ३ जना लाई नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु