बैतडीमा भिरबाट खसेर महिलाको मृत्यु

छिनोफानो   बिहिबार १०, साउन २०८१ १०:३३

बैतडी ।   बैतडीमा भिरबाट खसेर महिलाको मृत्यु भएको छ ।

डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । नाथको घर नजिकै रहेको डोब्रा भिरमा घाँस काटिरहेका बेला दुई सय मिटर तल खसेकी थिइन् ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु