दाउरा खोज्न गएका किशोर बेपत्ता

छिनोफानो   बिहिबार १०, साउन २०८१ १२:०२

नेपालगन्ज ।  बाँकेको डुडुवा –२ रामनगरका एक किशोर गत १८ दिनदेखि बेपत्ता छन् ।

१८ दिनअघि असार २३ गते राप्ती नदीमा बाढी आएका बेला सतिघाटमा छिमेकीसँग दाउरा लिन गएका १५ बर्षीय किशोर रामु केवट घर नफर्किएरको उनका बुवा राम जियावन केवटले बताउनुभयो ।

किशोरका पिता केवटका अनुसार छिमेकी शिव मालीको ट्रयाक्टरमा दाउरा संकलन गर्न गएका किशोर सतिघाट बाट घर नफर्किएनका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा बेपत्ता किशोरको खोजीका लागि परिवारले दिएको निवेदनको आधारमा सम्भावित ठाउँमा खोजी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले धेरै दिनदेखि खोजी कार्य भइरहे पनि किशोर फेला नपरेका कारण परिवारले गरेको केही आशंका तर्फ पनि अनुसन्धान अघि बढाइएको बताउनुभयो । 

१८ दिनअघि राति ८ बजे दाउरा लिन छिमेकी मालीको ट्याक्टरमा बसेर राप्ती सतीघाट गएका ती किशोर राति १२ बजे ट्याक्टर फर्किदा सँगै नदेखिएपछि रातभरी खोजी कार्यमा परिवारसहित गाउँलेहरू जुटेका थिए । 

त्यसबेलादेखि अहिलेसम्म निरन्तर खोजी कार्य भइरहेको छ । तर रामुको अवस्था बारे कुनै पनि जानकारी प्राप्त नभएको उनका पिता जियावन केवटले बताउनुभयो । उहाँका दुईमध्ये ठलो छोरा रामु हराएपछि केवट परिवार दुई सातादेखि शोकमा छ । 

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु