करेन्ट लागेर एकको मृत्यु

छिनोफानो   बिहिबार १०, साउन २०८१ १२:०८

बिर्तामोड ।   झापाको कचनकवल गाउँपालिका –४ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

बुधवार राति पौने ९ बजे वडा ४ बस्ने  १५ वर्षीय विशालकुमार शाहको करेन्ट लागेर मृत्यु भएको हो । खानेपानी धाराबाट आउने क्रममा घरको भान्सामा नाङ्गो तारमा छुन पुग्दा अचानक करेन्ट लागेर घाइते भएका उहाँलाई तत्काल उपचारका लागि प्राथमिक उपचार केन्द्र बनियानीतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाइने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु