घर भत्किँदा जाजरकोटका एकै परिवारका आठजना घाइते

छिनोफानो   शुक्रबार ११, साउन २०८१ १०:२६

 

सुर्खेत ।  जाजरकोटको छेडागाड नगरपालिका–१२, काँडागाउँमा घर भत्किँदा एकै परिवारका आठजना घाइते भएका छन् । ढुंगामाटोबाट निर्मित एकतले घर शुक्रबार बिहान भत्किँएको हो । 

घरमुली ३५ वर्षीय पदम अधिकारीसहित परिवारका आठ सदस्य घाइते भएका र उपचारका निम्ति उनीहरूलाई जाजरकोट अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

परिवारका १० वर्षीय दिनेश, ३० वर्षीया सरिता, १४ वर्षीय नवीन, ६५ वर्षीया भीरकुली, १५ वर्षीया सुजता, १६ वर्षीया संगीता र १४ वर्षीय नवराज अधिकारी घाइते भएका हुन् ।

पदम, सरिता र दिनेशसहित ६ जना गम्भीर घाइते छन् । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । संगीता र नवराज सामान्य घाइते रहेका प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

 

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु