सुदुरपश्चिम प्रदेशमा बाढी,पहिरोमा परेर १ जनाको मृत्यु २ जना बेपत्ता

पवन भण्डारी   मङ्गलबार ०२, कार्तिक २०७८ ११:४८

धनगढी:आईतबार देखि निरन्तर परेको बर्षाका कारण सुदुरपश्चिम प्रदेशको जनजिवन प्रभाबित बनेको छ । प्रदेशमा हाल सम्म बाढी पहिरोमा परि १ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयले जानकारी दिएको छ । 


प्रहरीका अनुसार डडेल्धुराको गन्यापधुरा गाँउपालीकामा पहिरोमा परेर स्थानीय २५ बर्षीया बिष्णु अवस्थीको ज्यान गएको छ । डोटीको आर्दश गाँउपालीकामा पनि पहिरोको कारण एक जना बेपत्ता रहेको उक्त घटना बारे थप बिवरण आउन बाकी रहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यलयका प्रबक्ता एस एस बि बिक्रम चन्दले बताए । उनले कैलालीको खुटीया नदिमा समेत एक जना बेपत्ता भएको बताए ।


बाढीका कारण कैलालीको महोन्याल गाँउपालीको ठुलीगाँडको दोभानमा २ जना फसेका छन भने उनिहरुको उद्धारका लागी पहल भईरहेको प्रहरीले जनायको छ । सुदुरपश्चिम प्रदेशमा अहिले पनि बर्षा जारी रहेकोले क्षतीको बारे पुर्ण बिबरण आईनसकेको उनले बताए । कञ्चनपुरको महाकाली नदिमा आएको बाढीले बिकराल रुप लिएको छ । 


महहाकालीमा अहिले सम्म पानीको बहाब ४ लाँख ६१ हजार ७ सय ६१ क्युसेक रहेको प्रबक्ता चन्दले बताए । उनले महाकालीमा  नदिमा आएको बाढी बिगत १० बर्ष देखि कै उच्च रहेको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर १० को कुतियाकबर क्षेत्रका दुई सय घर डुबानमा परेको प्रबक्ता चन्दले बताए । बाढीले चार लेनको महाकाली पुललाई जोड्ने पहुँच मार्गका रुपमा निर्माण भइरहेको ६ लेनको सडकमा पनि क्षति पुर्याएको उनले बताए । 


दार्चुला र बैतडीमा भने पानी कम परेको कारण अहिले सम्म कुनै क्षती भएको छैन । बझाङको केदारस्यु गाउपालीको नारीगैरा खोलामा बाढी आउदा जयपृथ्वी राजमार्ग समेत अबरुद्ध भएको छ भने कैलालीको चुरे गाँउपालीकाको सल्लेरीमा पहिरो आउदा सुदुरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जाने सवारी साधनहरु बाटोमै अलपत्र परेका छन ।

सोमबार साझ आएको पहिरो लाई खोल्न प्रयास जारी रहेको भए पनि बाढी जारी रहेका कारण खोल्न समस्या भई रहेको प्रबक्ता चन्दले बताए । बाढी पहिरोमा परेका हरुको उद्धार गर्नका लागी नेपाली सेना नेपाल प्रहरी ,ससस्त्र प्रहरीको टोली परिचालन भईरहेको प्रबक्ता चन्दले बताए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु