आगलागीबाट तीन घर जले

छिनोफानो   शुक्रबार ११, साउन २०८१ ०२:४१

धनकुटा  ।    महालक्ष्मी नगरपालिका –५ स्थित शिवरात्रिमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन ।

घर जल्दा करिब १ करोड दुईलाख २७ हजार बराबरको क्षति भएको बताउनुभयो आगलागिबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घरसहित धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो । 

यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल जल्दा करिब ४० लाख ७३ हजार बराबरको क्षति भएको घरधनिको भनाइ छ । यस्तै, श्रीचन्द्रको घरसहित धनमाल जल्दा करिब २५ लाख ५४ हजार रुपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

सूर्यबहादुरको घरसहित धनमाल जलेर नष्ट हुँदा करिब ३६ लाख रुपियाँ बराबरको क्षति भएको घरधनिले अनुमान गरी दाबी गरेको प्रहरी नायब उपरीक्षक ९डीएसपी० महर्जनले जानकारी दिनुभयो ।नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । बिहीबार दिउँसो लागेको आगलागीको कारण खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु