महाकालीमा उद्धार गर्न जाने हेलिकप्टर धनगढीमै रोकियो, ६७ जना उद्धारको पर्खाइमा

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०३:४३

कैलाली - महाकालीको टापुमा फसेका पाँच जनलाई उद्धार गर्न आएको हेलिकप्टर धनगढीमै रोकिएको छ ।

महाकालीमा अलपत्र परेकाहरूलाई उद्धार गर्न आएको हेलिकप्टर मौसममा आएको खराबीले धनगढीमै रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘मौसम प्रतिकुल नभएकाले यहाँसम्म हेलिकप्टर आउन सकेन’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भने ‘अहिले धनगढीमा हेलिकप्टर रोकिएको छ । ’ मौसममा सुधार आउना साथ उद्धारको लागि हेलिकप्टर आउने उनले बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा एकै परिवारका ५ जना उद्धारको पर्खाइमा छन् । उनीहरू अहिले रूखमा चढेर ज्यान जोगाइरहेको प्रहरीले जनाएको छ । उता कैलालीको ठूलीगाडमा बसेका एक दम्पतीलाई पनि हेलिकप्टरले उद्धार गर्न सकेन ।

डोटी र कैलालीको सिमाना भएर बग्ने ठूलीगाडमा आएको बाढीले मोहन्याल गाउँपालिका–४ को खिमडीमा श्रीमान्–श्रीमती फसेका छन् । स्थानीय लोकबहादुर बुढामगर र उनकी श्रीमती विरमादेवी नदीको बीच भागमा फसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उता बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडमा बाढीका कारण अलपत्र परेका करिब ६० जना पनि उद्धारको पखाइमा छन् । उनीहरूको उद्धारको पहल भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले बताइन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु