विद्यालयका पदाधिकारीको राजीनामा माग

छिनोफानो   आइतबार १३, साउन २०८१ ०३:११

 कैलालीको कैलारी गाउँपालिका –७ भुइयाँफाँटाका स्थानीयले गाउँमा रहेको श्री राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित विद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् । 

२०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी सो विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण (नन ग्रेडिङ) भएपछि स्थानीयले प्रधानाध्यापक देशराज चौधरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ताराप्रसाद चौधरी र शिक्षक अभिभावक संघका पदाधिकारीको राजीनामा माग गरेका हुन् । 

सो गाउँको आज बसेको भेलामा ३५८ जना अभिभावकले नतिजाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नैतिकताका आधारमा प्रअसहितका पदाधिकारीले राजीनामा दिनु पर्ने निर्णय गरेका छन् ।  

सो विद्यालयबाट ४४ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । जसमध्ये कोही पनि उत्तीर्ण भएनन् । यसैगरी, अभिभावकको भेलाले विद्यालयको गत आर्थिक वर्षको उल्लेख नभएको हरहिसाब फर्छयौट गरी सार्वजनिक गर्नु पर्ने माग राखेको छ । हरहिसाब गाउँ समाजबाट अनुमोदन गराई एक हप्ताभित्र सार्वजनिक गर्नुपर्ने भेलाले निर्णय गरेको हो । गाउँको भलमन्सा फिरुराम चौधरीको अध्यक्षतामा अभिभावक भेला भएको थियो ।

अविनाश चौधरी गोरखापत्र 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु