धनगढीमा ट्रकको सामान अनलोड गर्दा शव भेटियपछि ....

पवन भण्डारी   आइतबार १३, साउन २०८१ ०५:५९

धनगढी । धनगढीमा बिरगञ्जबाट आएको  मालवाहक ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ । सुप प्र ०१००१ ख २४४२ नम्बरको ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
आइतबार दिउँसो सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । उनले भने “ शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छौ ।”
ट्रकले फलामको रड र प्लाष्टिकको बोरा बोकेको र बिरगञ्जमा लोड गरेर धनगढीका लागि हिडेकाृ उनले बताए । चालक र सहचालकले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएको उनले बताए ।
पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु