कर्णालीमा पानीको सतह १२ः४५ मिटर

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०३:५३

कैलाली । कर्णालीको बाँध फुटेर रानी जमरा नहरमा पानी पसेको छ । रानी जमरा कुलरिया सिंचाइ आयोजनामा कर्णालीको पानी पसेपछि जानकी गाउँपालिका जोखिममा परेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले जानकी गाउँपालिकामा ‘हाइ अलर्ट’ गरिएका छ ।  ‘गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई सिंचाइ आयोजनामा कर्णालीको पानी पसेको बारे जानकारी गराइएको छ’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ‘उहाँहरूलाई हाइ अलर्ट रहन भनिएको छ ।’

अहिले कर्णाली नदीमा पानीको सतह निकै खतराजनक अवस्थामा पुगेको समेत उनले जानकारी दिए। अहिले ३:०० बजे कर्णालीको पानीको सतह १२:४५ मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह हो । खतराको तहभन्दा पनि माथि पुगेको हुँदा ठूलो क्षति हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु