गोदावरीमा स्कुल बस दुर्घटना

छिनोफानो   सोमबार १४, साउन २०८१ ०१:४२

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ । पुर्वपश्चिर राजमार्ग अन्तरगत गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा ३ विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।बततबचष्थब जयकउष्तब उनले दुर्घटनामा १६ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको बताए । उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा २७ विद्यार्थी सवार रहेका थिए ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु