निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

छिनोफानो   सोमबार १४, साउन २०८१ ०६:४१

काठमाण्डाै – निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेकाे छ । समितिकाे आजकाे बैठकले प्रधानकाे नाम अस्वीकृत गर्ने निर्णय गरेकाे हाे ।

यसअघि निर्वाचन आयुक्तमा सिफारिश कृष्णमान प्रधानले आजै संसदीय सुनुवाइ समितिबाट आफैँ नाम फिर्ता लिनुभएको थियाे । समितिले अनुमोदन गर्न अस्वीकार गर्नुअघि नै प्रधानले निवेदन दिएर आफ्नो नाम फिर्ता लिनुभएको हो ।

यौन शोषणको आरोप लागेका प्रधानको बारेमा पीडित महिलाले समितिमै आएर बयान दिएकी थिइन् । पीडितसहित चार वटा उजुरी परेकोमा समितिले उजुरीकर्तासँग छलफल गर्दा घटना भएको तथ्य प्रमाण फेला पारेको थियो ।

गएको असार २ गते संवैधानिक परिषद्को बैठकले प्रधानको नाम निर्वाचन आयुक्तका लागि सिफारिश गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु