धनगढीको एक्सीसका शिक्षक जोशिले निलडाम हुनेगरी विद्यार्थी कुटे

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०७:११

धनगढी: धनगढीको एक्सीस विद्याश्रममा अध्ययनरत एक विद्यार्थीमाथि कुटपिट भएको छ।

धनगढी उपमहानगरपालिका–५ मा रहेको एक्सीस विद्याआश्रममा कक्षा ६ मा अध्ययनरत गोदावरी नगरपालिका–५ का प्रविन बिष्टमाथि कुटपिट भएको हो।

प्रविनका बुवा अमर विष्टका अनुसार विद्याश्रमका संयोजक पुष्पराज जोशीले छोरामाथि सोमबार कुटपिट गरेका हुन्। जोशीले पैँसा चोरी गरेको झुटो आरोपमा शरीरमा निलडाम हुने गरी छोरालाई कुटपिट गरेको बताए। यस्तै उनलाई कारवाही गर्नुपर्ने माग पनि गरिएको छ।

स्कुल जाने बेला आमाले प्रविनलाई मसि खरिदका लागि ५० रुपैयाँ दिएकी थिइन् तर कक्षामा उनको गोजी चेकजाँच गर्ने क्रममा  सय रुपैयाँ भेटिएपछि शिक्षकले चोरी गरेको भन्दै प्रविनलाई कुटेको उनले बताए।

उता शिक्षकले सम्झाईबुझाई गर्दा कुरा नखोलेपछि दुई खुट्टामा समान्य रुपमा दुई लाठी हानेको बताए। त्यसपछि प्रविनले घरको बेडको मुनीबाट एक सय रुपैयाँ चोरी गरेर ल्याएको कुरा बताएपछि गल्ती नदोहो¥याउन भन्दै सम्झाईबुझाई गरिएको जोशीको भनाई छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु