बैतडीमा पहिरोले ३० रोपनीको धानखेत बन्यो बगर, २ परिवार विस्थापित

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०९:०९

बैतडी । वर्षापछि आएको पहिरोले बैतडीको सिगासमा ३० रोपनी धानखेतलाई बगर बनाएको छ भने २ परिवार विस्थापित भएका छन्।

सिगास गाउँपालिका–३ भुडेश्वरमा पहिरो खस्दा ८ परिवारको ३० रोपनी धानखेती बगरमा परिणत गरेको सिगास  गाउँपालिकाका प्रवक्ता अध्यक्ष अमरसिंह धामीले जानकारी दिए।

पहिरोले धानखेतसँगै गणेश साउद र जस्वीर साउदको घरमासमेत क्षति पुगेको छ। घरमा क्षति पुगेपछि गणेश र जस्वीरको परिवार विस्थापित भएर आफन्तकहाँ शरणमा लिएका छन्।पहिरोले स्थानीय गणेश साउद, जस्वीर साउद, रामसिंह धामी, मनवीर साउद, गोपालसिंह साउद, हरिसिंह साउद, बाद धामी र गंगाराम साउदको धानखेत बगर बनेको हो।

सडकमाथिबाट खसेको पहिरोले खेतमा क्षति पुगेको हो। यसका साथै थप वर्षा भए गाउँ नै पहिरोको उच्च जोखिममा पर्ने सम्भावना रहेको छ। 

यसका साथै सिगास गाउँपालिका–३ कोटेलीस्थित सिगास माविको छेउबाट पहिरो खस्दा विद्यालयसमेत पहिरोको जोखिममा परेको छ। 

पहिरो खसेको स्थानतर्फ प्रहरी टोली गएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु