धनुषामा कुटपिट गरी एक जनाको हत्या

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ १०:२१

जनकपुरधाम ।   धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ ।

धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्या भएको हो । उनकी श्रीमती ३५ वर्षीया श्यामु ठाकुर घाइते भएकी छन् ।

धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियाको कुटपिटबाट ठाकुरको मृत्यु भएको र उनकी श्रीमती घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो।

बिहान साढे ११ बजे घरमै कुटपिटबाट गम्भीर घाइते ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको थियो । प्रहरीले कुटपिटमा संलग्न आमा–छोरालाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ ।

twitter sharing button

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु