कैलालीका देवकोटा र कञ्चनपुरका जोशी प्रदेश प्रमुखमा नियुक्त

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ १०:३०

धनगढी ।   सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्ति गर्ने निर्णय गरेको हो । जसअनुसार वाग्मतीमा कैलालीका दीपकप्रसाद देवकोटा, कर्णालीमा कञ्चनपुरका यज्ञराज जोशी र लुम्बिनीमा कृष्णबहादुर घर्तीमगरलाई नियुक्त गर्ने केपी ओली नेतृत्वको सरकारले तयारी गरेको छ ।

सरकारको निर्णयसँगै बागमतीको प्रदेश प्रमुख रहेका यादवचन्द्र शर्मा अब आफ्नो जिम्मेवारीबाट हट्ने भएका छन् । उनी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निकट हुन् । यस्तै लुम्बिनी प्रदेशमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए । उनीहरू पनि अब हट्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु