कैलालीमा जिप चालक र साहुमाथि कुटपिट

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०२:५४

धनगढी ।   कैलालीमा युवाको समूहले दाउरा बोकेको जिप नियन्त्रणमा लिएर चालक र जिप धनीमाथि कुटपिट गरेका छन् ।
सोमबार राति करिब ११ बजेतिर मोहन्याल गाउँपालिका-७ पितमारी खोलामा कचाली गाउँबाट दाउरा लिएर आउँदै गरेको गरेको भे १ च ३७१४ नम्बरको बोलेरो जिप नियन्त्रणमा लिएर चालक र जिप साहुमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट जिप चालक लम्कीचुहा नगरपालिका- ८ खग्रवार बस्ने २५ वर्षीय अनुराज चौधरी र रामबहादुर चौधरीमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । उनकाअनुसार कुटपिटबाट घाइते भएका चालक अनुराजको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ भने जिप साहुलाई सामान्य लछारपछार मात्र गरिएकाले धेरै चोट छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु