कैलालीबाट लागू औषध सहित ४ जना पक्राउ

छिनोफानो   मङ्गलबार १५, साउन २०८१ ०४:१७

धनगढी ।    कैलालीबाट प्रहरीले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।

सोमबार टीकापुर र धनगढीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । टीकापुर नगरपालिका – ९ खग्रौलाबाट स्थानीय २२ वर्षीय दिपेश आउजीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुर उनको साथबाट २ ग्राम लागू औषध-खैरोहेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ ।

यस्तै मंगलबार धनगढी उपमहानगरपालिका – ६ चैतन्य पाठशाला नजिकबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन । सुपप्र०१००९ प ४८० नम्बरको स्कुटीमा सवार चालक धनगढीका १८ वर्षीय किशोर स्कुटीमा सवार धनगढी शिवनगरका १९ वर्षीय योगेन्द्र प्रसाद भट्ट र धनगढी क्याम्पस रोड का ३५ वर्षीय आयुष सिंहलाई शंका लागि चेकजाँच गर्दा लागू औषध बारामद गरिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु