पहिरोका कारण कोईरेली गाउँ बिस्थापित

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०५:२०

दिपायल सिलगढी नगपालिका वडा नं. ७ कोईलेलीमा बस्ती बिस्थापित भएको छ । गाउँमा पहिरो आएका कारण कोइेरेली गाउँका एक दर्जनघर बिस्थापित भएको प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले जानकारी दिनु भएको छ ।

कोईलेलीमा रहेका स्थानीयलाई नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना सहित स्थानीयले उद्धार गरी सुरक्षित स्थानमा सारेका छन् ।


त्यसैगरी दिपायल सिलगढी नगरपालिका वडा नं. ७ मल्तोलीमा घर माथीबाट पहिरो जाँदा खडक बोहराको एक हल गोरु, खसी बोका बाख्रा २१ थान, एक थान भैँसी र गाई मरेका छन् भने घरमा पुर्ण रुपमा क्षती भएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु