महाकाली नदीको जलस्तर शताब्दिकै सबैभन्दा उच्च

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०५:२७

महाकाली नदीमा जलस्तरको बहाव शताब्दिकै सबैभन्दा उच्च रहेको छ । जलस्तरको बहावले अहिलेसम्मका सबै रेकर्ड तोडेको छ । ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदीमा मापन गरिएको छ ।

महाकाली नदीको बहाव मापन गर्न शुरु भएयताका सबै रेकर्डहरु तोडिएका हुन् ।जलस्तरको बहाव उच्च  भएपछि  शारदा ब्यारेजमा रातो बत्ति बालिएको छ । वनबसा पुल पैदल आवागमन बन्द गरिएको छ ।

मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय ७६ क्युसेक बहाव पानी अहिलेसम्मकै उच्च थियो ।

सन १९२३ मा ब्रिटिशको पालामा शुरु गरिएको महाकाली पुलको निर्माण ६ वर्षपछि १९२९ मा सम्पन्न भएको थियो । त्यही बेलादेखि महाकाली नदिमा जलस्तर मापन शुरु गरिएको हो । सन २०२१ अक्टोबर १९ तारिख अर्थात २०७८ कात्तिक २ गतेको मापन ९२ बर्ष यताकै उच्च हो ।

शारदा ब्यारेजको रेकर्ड अनुसार सन १९६६ मा ४,३७,०००,सन १९६९ मा ४,८०,५९६, सन १९७२ मा ४,९६,१००, सन २००८ मा ४,६१,७८८ र सन २०१३ मा ५,४४,४७६ उच्च बहाव मापन गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु