प्रदेश सरकारले गर्यो बाढी प्रभाबितहरुका लागी २५ करोड राहत कोषमा जम्मा

छिनोफानो   मङ्गलबार ०२, कार्तिक २०७८ ०५:५१

धनगढी : सदुरपश्चिम प्रदेश सरकारको आकस्मीक बसेको मन्त्री परिषदको बैठकले बाढी र पहिरोबाट क्षती भएका नागरिकहरु लाई क्षती पुर्तीका लागी प्रदेश बिपद ब्यावस्थापन कोषमा तत्काल २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।


आईतबार देखि आएको अबिरल बर्षाले सुदुरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा ठुलो क्षती भएपछि आकस्मीक रुपमा बसेको मन्त्री परिषदको बैठकले प्रदेशका प्रत्येक जिल्ला प्रशासन कार्यलय मार्फत २५ लाँख राहात दिने निर्णय समेत गरेको कृर्षी तथा सहकारी मन्त्री बिनिता चौधरीले बताईन । 


उनले बेपत्ता तथा मृतकका परिवार लाई सोहि कोषबाट राहत दिने अपुग भएमा थप्न सकिने निर्णय गरेको बताईन । बाढीले किसानले लगायको धानबालीमा समेत निकै ठुलो असर गरेका कारण कृषकहरु लाई सोहि कोष बाट राहात बितरण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु