सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढ्यो

छिनोफानो   आइतबार २७, साउन २०८१ १२:२१

काठमाण्डौ – आज सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर एक लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुन तोलाको एक लाख ४८ हजार एक सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर एक हजार सात सय २० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अस्ति शुक्रवार चाँदीको भाउ तोलाको एक हजार सात सय ३० रुपैयाँ रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु