धनगढी उप महानगरपालिका १८ तुल्सीबारीबाट १ थान भरूवा बन्दुक बरामद

छिनोफानो   आइतबार २७, साउन २०८१ ०१:१४

कैलाली,२७ साउन  । कैलालीको धनगढी उप महानगरपालिका  १८ तुल्सीबारीबाट प्रहरीले १ थान भरूवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।

तुल्सीबारीबाट सुकेको खर बोकि पूर्व तर्फ जाँदै गरेको साईकललाई प्रहरीले रोक्न खोज्दा साईकलयात्री फरार भए पश्चात साइकल जाँच गर्ने क्रममा प्रहरीले उक्त बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ  । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु