डोटीमा पहिरोमा पुरिदा थप एक जनाको मृत्यु

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०९:०७

डाेटी- डाेटीमा थप एक जनाकाे मृत्यू भएकाे छ । सायल गाउँ पालिका वडा नं ५ गुरेनाडमरीका ५५ बर्षिय हिरूवा बिककाे हिजाे बेलुका पहिराेमा पुरिएर मृत्यू भएकाे छ । स्थानिय रेखा शर्माले उनका छाेरा रमेश बिक र भतिजा भिम बिक घाईते भएका छन् । छाेरा रमेश भने गम्भिर घाइते रहेकाे बताइएकाे छ । 
त्यस्तै हिजाे नै छत्रेश्वर खाेलाले बगाउदा बेपता भएका सायल गापा १ का ७४ बर्षिय बिरे राेके मृत फेला परेका छन् । उनी घरदेखि १०० मिटर तल फेला परेका थिए । याे संगै डाेटीमा मृत हुनेकाे संख्या ११ पुगेकाे छ । 

आदर्श गाउपालिकाे वढा नं ६ बगिना गाउँका २५ घर पहिराेले क्षती गरेकाे स्थानिय हर्क बाेहराले जानकारी दिएका छन् । मानविय क्षती भने हुन पाएकाे छैन । बिस्थापितहरू बबिना आबिमा हिजाेबाटै अाश्रय लिएर बसेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु