कैलालीमा चट्याङ लागेर दश जना घाइते

छिनोफानो   सोमबार २८, साउन २०८१ ०७:३४

कैलालीमा चट्याङ लागेर १० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दगोरिया गाउँपालिका–१ उत्तरमुडा बस्ने भीमबहादुर चौधरीको घरमा अमट्टाको रुखमुनि टेन्ट हालेर खाना पकाइरहेकाहरु घाइते भएका हुन ।

आईतवार बेलुका रुखमा चट्टयाङ परेपछि ५० वर्षीया फिरियादेवी चौधरी, ३५ वर्षीया रीतादेवी चौधरी, ३२ वर्षीया माया चौधरी, ४५ वर्षीया कलापती चौधरी, ३२ वर्षीया किरन चौधरी घाइते भएका छन् । यस्तै, ३८ वर्षीया उर्मिला डंगौरा, ४० वर्षीया पार्वती चौधरी, ५० वर्षीया फूलकुमारी चौधरी, ३५ वर्षीया निर्मलादेवी थारु र ३० वर्षीया ममता थारु पनि घाइते भएका छन् । 

घाइतेहरुको बौनियास्थित बर्दगोरिया अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलाली ले जनाएको छ  । 

चौधरीको घरमा मानिसको मृत्यु भइ १३ दिने पुण्यतिथिमा स्थानीयबासी खाना पकाउनका लागि जम्मा भएका थिए । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु