अछाममा ठेकेदार शाहीले प्रहरीलाई झुक्याए  र मजदुरलाई ठगे,श्रावणको चेक भन्दै माघको दिए

पवन भण्डारी   सोमबार २८, साउन २०८१ १२:२३

पवन भण्डारी धनगढी । मजदुरको  ज्याला नदिएर फरार रहेका अछामका एक ठेकेदारले प्रहरीलाई समेत ठगेका छन । पर्यटन विकास बोर्ड अन्तर्गत मंगलसैन नगरपालिका भित्रका विभिन्न क्षेत्रको ठेक्का पाएका पुष्पाञ्जली कन्स्ट्रक्सन र पेटी ठेक्का पाएको उदयदिप निर्माण सेवाका नर बहादुर शाहीले प्रहरी लाई नै ठगेका हुन । 

नगरपालिका भित्रका विभिन्न ठाउँको ठेक्का लिएका शाहीले मजदुरहरूको करिब २४ लाख बढी ज्याला दिन बाकी रहेको छ । सो बिषयमा छिनोफानो डटकमले पटक पटक समाचार प्रकाशन गरेपछि  मजदुरहरूले जिल्ला प्रहरी कार्यालय अछाममा निवेदन दर्ता  गरेका थिए । पछि ३ जना ठेकेदार मध्येका नर बहादुर शाही प्रहरीको सम्पर्कमा आएका थिए । पटक पटक विभिन्न बहानामा मजदुरलाई ठग्ने गरेका शाहीले त्यो पटक प्रहरीलाई समेत झुकाउन सफल भए । 

शाहीले निवेदकहरूको करिब ३ लाख असार मसान्त पछि तिर्ने भन्दै प्रहरी सामु चेक दिने बाचा गरे र चेक दिए । प्रहरीले मजदुर र शाही बिच छलफलका बेला  शाहीले श्रावण १० गते अर्थात् असार मसान्त सकिने बिन्तीकै पैसा तिर्ने बाचा प्रहरी सामु गरे । 

तर चेक आफू सँग नभएको र बजारमा गएर चेक दिने बताए पछि प्रहरीले शाही लाई छोडेको थियो । नर बहादुर शाहीले बजारमा गएर करिब १० जना मजदुरको सामु श्रावण १० गते साट्ने गरि चेक काटेको छु भन्दै चेक दिए । उनले दिएको चेक मजदुर कसैले राम्रो सँग हेरेनन् । प्राय सबै अशिक्षित मजदुरहरू भएको कारण पनि चेक बारे कसैले वास्ता गरेनन् । 

मंगलसैन ७ की देबु  जैसीको नाममा उनले २ लाख ९४ हजार ७ सय ३५ रुपैयाँको चेक दिएका छन । पढ्न लेख्न नजान्ने देबु जैसी लगायतले उनको विश्वास गरे । प्रहरी कै सामु श्रावण १० गते भित्र पैसा दिन्छु भनेको कारण हामी कसैले वास्ता गरेनौ मजदुर देबु जैशीले छिनोफानो डटकम लाई भनिन् जब श्रावण १० गते आयो त्यो बेला बैकमा गएर सोधेपछि शाही बाट  पुनः ठगीएको  बताईन । उनले भनिन् अब फेरी जिल्ला प्रशासनका जान्छौ हामी ठगिएका छौ पटक पटक शाहीले हामी जस्ता मजदुर लाई ठग्दै आईरहेकोे छ । शाहीले यस भन्दा अगाडी पनि आफनी छोरीको नामको चेक दिदै मजदुरलाई ठगेका थिए । 

सो बिषयमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीलाई जानकारी लिँदा उनले भने यो केश बारे आफूलाई जानकारी छैन म बुझ्छु तर ठेकेदारले ज्याला नदिएका लेनदेनका विवाद अछाममा धेरै आउने गरेको बताए । उनले भने यो बारे के भएको रैछ  म बुझ्छु । 

तर सो बिषयमा ठेकेदार प्रकाश शाह,दिनेश शाह र नर बहादुर शाही लाई सम्पर्क गर्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन् । सो ठेक्का पुष्पाञ्जली कन्स्ट्रक्सन ठेक्का सम्झौता गरे पनि ठेकेदार प्रकाश शाहले काम गर्ने जिम्मा उदयदिप निर्माण सेवाका ठेकेदार दिनेश शाहलाई दिएका थिए । दिनेशले काम गराउने ठेक्का नर बहादुर शाहीलाई दिएका थिए । तर हाल तिनै जना ठेकेदार मजदुरको सम्पर्क भन्दा बाहिर रहेका छन ।   

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु