सुदूरपश्चिमको मुख्य न्यायाधिवक्ता जोशी नियुक्त

छिनोफानो   सोमबार २८, साउन २०८१ ०३:५६

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा धनगढीका ठेकेन्द्रराज जोशी नियुक्त भएका छन् । प्रदेश सरकारको सिफारिसमा जोशीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । 

उनले मुख्यमन्त्री कमलबहादुर शाहको पहिलो कार्यकालका बेला पनि मुख्य न्यायाधिवक्ताको रूपमा काम गरेका थिए । तत्कालीन सरकारले नियुक्त गरेको मुख्य न्यायाधिवक्ता चन्द्रबहादुर शाहीले सरकार फेरिएसँगै पदबाट राजीनामा दिनुभएको थियो । शाहीले राजीनामा दिएपछि जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु