सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको १ लाख ५० हजार रुपैयाँ नाघ्यो

छिनोफानो   मङ्गलबार २९, साउन २०८१ ११:४३

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन आज एकैदिन तोलाको दुई हजार एक सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५० हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँ रहेको थियो ।

यसअघि अघिल्लो हप्ताको सोमवार सुन अहिलेसम्मकै उच्च एक लाख ५० हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज २५ रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय १५ रुपैयाँ थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु