७ लाख बढीको अबैध मालसामान बरामद

छिनोफानो   मङ्गलबार २९, साउन २०८१ ०२:१०

धनगढी । प्रहरीले कैलालीको धनगढी बाट अबैध मालसामान नियन्त्रणमा लिएको छ । मंगलवार बिहान ४ बजे तिर धनगढी उपमहानगरपालिका १७ पटेला बाट सात लाख बढी मुल्य पर्ने मालसामान बरामद गरिएको बताइएको छ । 

प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी बाट खटिएको अपराध अनुसन्धान समुहको सयुक्त टोलिले ७ लाख बढिको सामान बरामद गरिएको जनाइएको छ । 

भन्सार छली आएको सामाग्री बेबारिसे अवस्था रहेको उक्त सामान नियन्त्रणमा लिइ प्रहरी चौकी कनरिको जिम्मा लगाइएको छ। नियन्त्रणमा लिइएको मालसामानमा धोती, कुर्ती, गम्छा लगायतका धेरै मात्रामा कपडा हरु रहेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु