इन्टर मियामी लिग्स कपको अन्तिम–१६ बाट बाहिरियो

छिनोफानो   बुधबार ३०, साउन २०८१ ०१:३१

काठमाण्डाै – इन्टर मियामी लिग्स कपको अन्तिम–१६ बाट बाहिरिएको छ । लोअर डट कम फिल्डमा आज बिहान भएको खेलमा मियामी कोलम्बस क्रूसँग ३–२ ले पराजित भएको हो ।

मियामीले खेलको ६२ औँ मिनेट अगाडिसम्म दुई गोलको अग्रता लिएको थियो । तर अन्तिमसम्म अग्रता जोगाउन सकेन । मियामीका लागि खेलको १० औँ मिनेटमा माटियस रोजास र ६२ औँ मिनेटमा डिएगो गोमेजले गोल गरे । त्यसपछि कोलम्बसले खेलमा पुनरागमन गर्‍याे । उसका किश्चियन रामिरेजले ६७ औँ मिनेटमा र डियागो रोसीले खेलको ६९ औँ र ८१ औँ मिनेटमा गोल गरे ।

कोपा अमेरिका खेलका क्रममा बल्झिएको घुँडाको चोटका कारण मियामीका लियोनल मेस्सी यो खेलमा समेटिएका थिएनन् । मियामीमा आबद्ध भएलगत्तै अघिल्लो सिजन मेस्सीको उत्कृष्ट प्रदर्शनमा मियामीले पहिलो पटक लिग्स कपको उपाधिसमेत जितेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु