भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दायर, आफूलाई केही थाहा नभएको बयान

छिनोफानो   बुधबार ३०, साउन २०८१ ०१:३३

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध पूरक अभियोग पत्र दायर भएको छ। काठमाडौँ जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर भएको हो। उनले यो प्रकरणमा पूर्णरुपमा इन्कारी बयान दिएका छन्।

ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधमा अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

अघिल्लो पटक दायर भएको अभियोग पत्रमा झाको नाम भेटिएका बखत अनुसन्धान हुने गरी समावेश गरिएको थियो।

त्यतिबेला पक्राउ परेका प्रतिवादीले नक्कली भुटानी शरणार्थीको विषयमा मन्त्रिपरिषद्बाट आफूले फाइल मिलाइदिने भन्दै झाले २ करोड रुपैयाँ लिएको बयान दिएका थिए।

उनी नेपाली कांग्रेस निकट रहेको दाबी गरिएको थियो।

अनुसन्धानका क्रममा झाले आफूलाई भुटानी शरणार्थी प्रकरणबारे केही थाहा नभएको, कुनै राजनीतिक दलसँग आबद्ध नरहेको र सार्वजनिक भएको अडियो पनि आफ्नो नभएको बयान दिएका छन्।

उनले कुनै प्रतिवादीलाई पनि आफूले नचिनेको र उनीहरूसँग कुनै रकम नलिएको पनि दाबी गरेका छन्।।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु