सदुरपश्चिम प्रदेशमा बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ११:४८

धनगढी ः आइतबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा परेको अविरल वर्षाका कारणसुदुर पश्चिम प्रदेशमा ज्यान गुमाउनेको सँख्या १८ पुगेको छ । अहिले सम्मकोे तथ्यांक अनुसार डोटीमा सबैभन्दा बढी १२ बैतडीमा ४ र डडेल्धुरामा २ जनाको मृत्यु भएको छ ।


प्रहरीको तथ्यांक अनुसार डोटीको जोरायल गाउँपालिका–४ सयगडामा एकै घरका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय शेरबहादुर विक, उनका छोरा मोहन विक र छोरी पबित्रा विक रहेका छन्। सोही घरमा मामाघर आएका १६ वर्षीय रविन बिकको पनि मृत्यु भएको थियो । 


यस्तै जोरायलकै वडा नम्बर ४ नवलपुर बस्ने जोगी सार्कीको घरमाथिबाट पहिरो खस्दा सार्कीसहित उनकी ६१ वर्षीया श्रीमती झुपरी सार्कीको पनि उपचारका क्रममा मंगलबार राति  मृत्यु भएको प्रहरलिे जनायको छ । 


शिखर नगरपालिका वडा नम्बर ११ मा ३६ वर्षीया मन्धरा बलायरको मृत्यु भएको छ । पहिरोसँगै आएको ढुङ्गा टाउकोमा लाग्दा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको हो ।सायल गाउँपालिका–६ मेल्लेखका बीरबहादुर कुन्जेडाको घर भत्किँदा कुन्जेडाका १४ वर्षीय छोरा सागर र ११ वर्षीय आशिष कुन्जेडाको मृत्यु भएको प्रदेश प्रहरी कार्यलयले   जनाएको छ ।यस्तैसायल गाउँपालिका वडा नम्बर ५ गुरेनाडमरीका ५५ वर्षीय हिरूवा विकको मंगलबार पहिरोमा पुरिएर मृत्यु भएको छ । 


त्यस्तै मंगलबार छत्रेश्वर खोलाले बगाउँदा बेपत्ता भएका सायल गाउँपालिका १ का ७४ वर्षीय बिरे रोकाया मृत फेला परेका छन । यसैगरी पहिरोमा परी बोगटान फुड्सिल गाउँपालिका–५ उपल्लागाउँमा ईन्द्रबहादुर नेपालीकी श्रीमती चन्द्रा नेपाली पनि मृत्यु भएको छ । उता बैतडीमा पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु भएको छ ।
 शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र १ नातिको मृत्यु भएको प्रहरीले जनायको छ । मृत्यु हुनेमा १८ वर्षीया पवित्रा पार्की, २४ वर्षीया भानु पार्की र ३ वर्षीय सोम पार्की रहेका छन ।  प्रहरीले मंगलबार साँझ घटनास्थलबाट तीनै जनाको शव निकालेको जनाएको छ । बैतडीकै सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि ज्यान गएको छ । डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ।


 जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको ज्यान गएको प्रदेश प्रहरीले जनाएको छ । डडेल्धुरामै खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नर्मदादेवी शाहीको खोलाले बगाएर मृत्यु भएको हो। घर नजिकै रहेको खोलाबाट पाइपमा खानेपानी फर्काउने बेलामा माथिबाट आएको पहिरोसहितको भेलले बगाउँदा उनको मृत्यु भएको प्रहरीले जनायको छ ।  


बाढीपहिरोमा परी विभिन्न जिल्लाका ७ जना घाइते भएका छन ।  डोटीका बिरबहादुर कुन्जेडा ३३ वर्षीया बासुदेबी कुन्जेडा र ७ वर्षीय बिन्दा कुन्जेडा घाइते भएका छन्। डडेल्धुरामा पहिरोमा परी २५ वर्षीय देवकी रावल र ७ वर्षीय ग्रिस रावल घाइते भएका छन भने बैतडीमा ५५ वर्षीया सरस्वती बिष्ट र  ३० वर्षकी माया बिष्ट घाइते भयका छन । हाल सम्म बाढी पहिरोको कारण २७ जना बेपत्ता रहेको प्रदेश प्रहरी कार्यलयले जनायको छ ।     
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु