भीरबाट लडेर बैतडीकी भावनाको मृत्यु

छिनोफानो   बुधबार ३०, साउन २०८१ ०४:०८

बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–३ तल्ला हल्कासैनीकी अन्दाजी ३८ बर्षीया भावना धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गएकी भावनाको मंगलबार दिउँसो साढे ३ बजेतिर घर नजिकैको त्वापौड भीरबाट लडेर मृत्यु भएको मृतकका आफन्त दिपेन्द्र धामीले जानकारी दिए । भीरबाट लडेकी धामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु