गोदावरीका मेयर, उपमेयरसहित १४ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ

छिनोफानो   बिहिबार ३१, साउन २०८१ ०७:२०

काठमाण्डाै – ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीसहित १४ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

दुई महिनाअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध लगाएको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सफाइ दिएको हो ।

गोदावरीको ढुङ्गा–गिटी बिक्री/वितरण गर्दा सरकारी दररेट भन्दा कम गरी सरकारलाई एक अर्ब चार करोड ८७ लाख ४५ हजार रुपैयाँ हानी/नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । तर अदालतले मेयर, उपमेयर, प्रशासकीय अधिकृतलगायतले कानूनअनुसार नै राजस्व उठाएको देखिएको भन्दै अख्तियारको दाबी नपुग्ने फैसला गरेको हो ।

प्रदेश कानूनले तोकेभन्दा कम राजस्व लिने गरी नगरपालिकाले कानून बनाएको अख्तियारको दाबी थियो । नगरपालिकाले कानूनअनुसारको निकासी शुल्क लिनु भ्रष्टाचार निवारण ऐनको दफा ७ (ख) को कसुर नहुने विशेष अदालतको फैसलामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु