दार्चुलामा हेडमास्टरले कार्यकक्षमै चुरोट तानेको भिडियो भाईरल बनेपछि ...

छिनोफानो   बिहिबार ३१, साउन २०८१ ११:२७

धनगढी । दार्चुलामा एक जना हेड मास्टरर अथात् प्रधानाध्यापकले कार्यकक्षमै चुरोट तानेको भिडियो सामाजिक सञ्जालमार्फत छरपस्ट भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका–१ को बलाचमा रहेको कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक तितराले कार्यकक्षमै चुरोट तानेको भिडियो सार्वजनिक भएको हो । शैल्यशिखरकै स्थानीय चन्द्रदेवले प्रअले चुरोट तानेको भिडियो बुधबार बिहान आफ्नो फेसबुकमा सार्वजनिक गरेका हुन् ।

‘प्रअले अफिसमै चुरोट खाइरहेका छन् । हेर्नुहोस योबाट विद्यार्थीले के सिक्ने त ? यस्ता शिक्षकलाई तुरुन्त काबाही होस् । यो घर होइन सरकारी अफिस हो ’ उनले लेखेका छन् ।

सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्न कानुनले बन्देज गरेको छ तर दार्चुलामा भने प्रअले नै कार्यकक्षमा चुरोट तानेको घटना बाहिर आएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु