दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

छिनोफानो   शुक्रबार ३२, साउन २०८१ ०२:३७

दैलेख – दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते हुनुभएको छ । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते हुनुभएको हो ।

ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु