अमेरिकी उप–विदेशमन्त्री वर्मा काठमाण्डौमा

छिनोफानो   शुक्रबार ३२, साउन २०८१ ०२:४०

काठमाण्डाै – अमेरिकाका व्यवस्थापन तथा स्राेतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड वर्मा आज बिहान काठमाण्डौ आइपुग्नुभएको छ ।

यसैबीच उप–विदेशमन्त्री वर्माले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएकाे छ । उहाँहरूबीच सिंहदरबामा भेटवार्ता भएकाे हाे । भेटमा आर्थिक विकास, ऊर्जा क्षेत्रमा सहकार्य सम्भावना लगायतका विषयमा कुराकानी भएको छ ।

यस्तै उपविदेशमन्त्री वर्माले विभिन्न दलका शीर्ष नेता, अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) नेपालका कार्यक्रम कार्यान्वयन साझेदार, चिया विज्ञ र नेपाली व्यवसायीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्च भ्रमण भएकाले महत्त्वका साथ हेरिएको छ । उप–विदेशमन्त्री वर्मा आज दिनभर भेटघाटमा व्यस्त रहने र बेलुका वा भोलि बिहानै भारत जाने कार्यक्रम छ । उहाँ भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुनुहुन्छ ।

यसअघि गएको आइतवार नेपाल आएका भारतका विदेश सचिव विक्रम मिश्रीले दुई दिने भ्रमणका क्रममा शिष्टाचार एवम् राजनीतिक भेटवार्ता गर्नुभएको थियो । नयाँ सरकार बनेपछि भारत, अमेरिकालगायतका देशबाट भएको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु