हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०१:०७

सुर्खेत । पहिरोले घर पुर्दा हुम्लामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेरम्भ शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

‘पहिरोले पुरिँदा मृत्यु भएका चार जनाको शव निकालिएको छ । अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ, नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ,’ डीएसपी शर्माले अनलाइनखबरसँग भने ।

मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु