बझाङमा वेपत्ता भएका २३ मध्ये दुईको शव फेला

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०१:२७

बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा पहिरोमा पुरिएर बेपत्ता भएका २३ जना मध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आज विहानै वेपत्ताको खोजी गर्दै जाँदा दुई जनाको पहिरोमा पुरिएको अवस्थामा  शव फेला परेको हो ।

उनिहरुको शनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहरोमा परि वेपत्ता भएकाहरुको उद्धारका लागि आज बिहानै नेपाली सेनाको हेलिकप्टर बझाङ पुगेको थियो ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु