कर्णालीको भंगालोमा फसेका तीन जनाको हेलिकोप्टरबाट उद्दार

छिनोफानो   बुधबार ०३, कार्तिक २०७८ ०१:३७

कर्णालीको भंगालोमा फसेका कैलालीको जानकी गाउँपालिका वडा नम्बर ८ का तीन जनालाई तीन दिनपछि नेपाली सेनाले उद्दार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले कर्णालीको भंगालोमा फसेका जानकी गाउँपालिका ८ का ३६ वर्षीय बिष्णु चौधरी ३१ वर्षीय रामदयाल चौधरी र ५३ वर्षीय प्रेम चौधरीको आज दिउसो उद्दार गरेको जनाएको छ । 

कर्णाली नदीको भंगालोमा फसेका उनीहरु जोगिनका लागि दुई दिनदेखि रुखमा बसेका थिए । नेपाली सेनाले हेलिकोप्टरबाट आज दिउसो १ बजे उनीहरुलाई सकुशल उद्दार गरेको हो ।

कार्तिक १ गते सात जनाको समूहमा माछा मार्न गएका मध्ये चार जना फर्केका थिए भने तीन जना बाढी आएपछि त्यही फसेका थिए ।प्रतिकुल मौसमका कारण उनीहरुको हिजो उद्दार हुन सकेको थिएन । आज उनिहरुको पनि उद्धार गरिएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु