अछाममा भिरबाट खसेर पुरुषको मृत्यु

छिनोफानो   शुक्रबार ०७, भदौ २०८१ ०२:१०

खेतबाट फर्किने क्रममा भिरबाट लडेर अछामा एक जनाको मृत्यु भएको छ । पञ्चदेवल विनायक नगरपालिका –५ लयाटीका ४५ वर्षीय कमलबहादुर शाहीको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । 

घरदेखि करिब पाँचसय मिटरको दूरीमा रहेको बडरुख भन्ने स्थानमा चिप्लिएर एकसय मिटर तल खसेपछि उपचारमा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

घाइते अवस्थामा भेटिएका शाहीलाई उपचारको क्रममा स्थानीयले छिमेकी जिल्ला दैलेखको राकम लैजाने क्रममा बाटैमा मृत्युु भएको हो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मङ्गलसेन ल्याइएको छ ।

उता तुर्माखाँद गाउँपालिका –४ जङ्गलघाटमा बुधबार कर्णाली नदी छेउमा भेटिएको शवको पहिचान खुलेको छ । अछाम र सुर्खेत जोड्ने जङ्गलघाट झोलुङ्गे पुलबाट करिब एकसय मिटर तल भेटिएको शव दैलेखको डुङ्ग्रेश्वर गाउँपालिका –२  लाकुरी बस्ने ६० वर्षीय बलबहादुर गाहामगर भएको खुलेको छ । 

माछा मार्ने क्रममा दैलेखको लोहोरे खोलाले बगाएर लगेको बताइएको छ । मृतकका छोराले आफ्नो बुवा भनेर जिल्ला अस्पताल अछाममा पोष्टमार्टमपछि शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु