रविलाई मुकुलले भने– तपाई ठग, भ्रष्टाचारी र अपराधी हो

छिनोफानो   शनिबार ०८, भदौ २०८१ ०६:५४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री मुकुल ढकालले पार्टीले सोधेको दोस्रो स्पष्टीकरणको जवाफ दिएका छन्। 

भदौ ५ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले ढकाललाई  साधारण सदस्यबाट पनि किन नहटाउने भन्दै स्पष्टीकरण माग गरेको थियो। उनले त्यसको जवाफ दिँदै आफूमाथिको कारबाही पार्टीको विधान, नियमावली, कार्यविधि, पार्टी केन्द्रीय समितिको विगतको निर्णयको बर्खिलाप भएको बताएका छन्। 

पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेको बताउँदै  उनले त्यो कदमलाई पार्टीको हित विपरीत भन्नु सरासर गलत भएको बताएका छन्।
उनले सभापति लामिछानेलाई  ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु दाबी पनि गरेका छन्।  

’तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहिको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’

यसअघि ३० साउनमा पनि रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो। जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई नैतिक धरातलमा उभिएको पुष्टि गर्न चुनौती दिएका थिए। रास्वपाले २५ असारमा ढकाललाई महामन्त्री,प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो।  

सचिवालयले सोधेको स्पष्टीकरणमा ढकालले चित्त बुझ्दो जवाफ नदिएपछि केन्द्रीय समिति बैठकले दोस्रोपटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। 

उनले दोस्रो पटक स्पष्टीकरण सोधेर सभापति रवि लामिछानेले पार्टीमा विधिविधान विपरीत,थितिरहित हैकमे निरङ्कुश शासन चलाइरहेको आरोप लगाउँदै आफू पार्टी जोगाउन लागिपरेको बताएका छन्। उनले आफूमाथि गरिएको कारबाहीको कागजात प्रमाणहरूको प्रतिलिपि माग्दा सभापति लामिछानेले उल्टै स्पष्टीकरण पठाएको आरोप लगाएका छन्।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु