मर्स्याङ्दीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७, सबै भारतीय पर्यटक

छिनोफानो   शनिबार ०८, भदौ २०८१ ०६:५८

काठमाण्डौ – तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा हिजो भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । पोखराबाट काठमाण्डौको लागि छुटेको भारतीय बस सडकबाट मर्स्याङ्दी नदीमा खस्दा १६ जना घाइते भएका छन् ।

घाइते १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित ४३ जना यात्रु थिए ।

१५ महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनको अस्पतालमा उपचारका क्रममा ज्यान गएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । ज्यान गुमाउने सबै भारतीय पर्यटक छन् ।

ज्यान गुमाउनेहरुमा १६ वर्षीय सुहास राय, १० वर्षीया परी भारते, ६० वर्षीय सल्बा भारन्दे भारते, ५० वर्षीया निलिमा जाउडे, ४२ वर्षीया सरला रानी, ४४ वर्षीय पङ्कज भङ्गाडे, ५० वर्षीय सन्दीप राजाराम सरादे, ५७ वर्षीया निलिमा झाण्डे, ५५ वर्षीय तुलसीराम ताइडे, ४० वर्षीय गणेश मानन्दे, ४३ वर्षीया पल्लादे सरादे, ४५ वर्षीया अनिता पाटेल, नाम नखुलेका ५० वर्षीया महिला, ५२ वर्षीया भारती जाउडे रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै ५१ वर्षीया रोहिणी जाउडे, ६० वर्षीया सुलोमा भारण्डे, ४५ वर्षीय सुवास राणे, ५० वर्षीय प्रकाश नाथकोटी, ३५ वर्षीया लीना भारण्डे, नामथर नखुलेका ५०/५५ वर्षीय पुरुष, ६० वर्षीय सुधाकर ताउडे, ३५ वर्षीय सागर जाउडे, ४५/५० वर्षीया सरोज मनोज झिरुक, नामथर नखुलेका ३५/४० वर्षीय पुरुष, २५ वर्षीय अनुद सरद, ५६ वर्षीया भारती जाउडे र ५१ वर्षीया सरला तुलसीराम तायडेको पनि दुर्घटनामा ज्यान गएको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु