भदौरे झरी आजदेखि कम हुने

छिनोफानो   शनिबार ०८, भदौ २०८१ ०७:००

काठमाण्डौ – गएको मङ्गलवारदेखि परेको भदौरे झरी आजदेखि मत्थर हुने भएको छ । गएरातिदेखि नै देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको र आज पनि झरीको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

मनसुन सक्रिय रहेको बेलामा बदली र वर्षाको सम्भावना रहे पनि झरी पर्ने सम्भावना कम भएको हो । आज दिउँसो पनि कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर झरी पर्ने सम्भावना कम रहेको उहाँले बताउनुभयो ।

भरे रातिदेखि भने देशका धेरैजसो ठाउँमा मौसम खुल्नेछ । भोलिदेखि दिउँसो घाम लाग्ने सम्भावना छ । पूर्वतर्फ अझै पनि मनसुनी न्यून चापीय रेखा सरदर भन्दा थोरै नेपालतर्फ नै रहेकोले केही ठाउँमा बदली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु